News Griha :: न्यूजगृह
प्रिमियर लिगमा फर्किए यी तीन क्लब

काठमाडौं— यस सिजनमा तीन क्लब लेस्टर सिटी आईपीएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन्।

गएराति सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगमा फर्किएको हो। साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहँदै रेलिगेसनमा परेको थियो। 

त्यसैगरी यस सिजनको च्याम्पियनसिपमा शीर्ष स्थानमा रहदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ। लेस्टर सिटीले २०१५-१६ सिजनको प्रिमियर लिग जितेको थियो। लेस्टर गत सिजन रेलिगेसनमा परेको थियो।

त्यस्तै यस सिजनको च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै आईपीएस टाउन २२ बर्षपछि प्रिमियर लिगमा फर्किएको छ। यसअघि २००२ मा आईपीएस टाउन रेलिगेसनमा परेको थियो।

त्यस्तै यस सिजनमा प्रिमियर लिगबाट लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:२४
Weather Update