सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन्।
बलात्कार मुद्दामा सफाइ पाएसँगै टी–२० विश्वकपका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले भिसा नपाएपछि सो कुरा बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेख्दै विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको कुरामा आफू खुसि रहेको बताए।
‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसि छु भने मेरो देशको सपना पूरा भएको छ,’ उनले भनेका छन्।
बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरी अमेरिका पठाउने तयारी गरेको थियो। तर अमेरिकाले भिसा नदिएसँगै उनको विश्वकप खेल्ने सपना अधुरै रहने भएको हो।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १५:३७