आईपीएलमा आज चेन्नई र आरसीबीको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ।
आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच खेल हुन लागेको हो। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।
जारी आईपीएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ। आरसीबीले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडि जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ। भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ।
चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने आरसीबी १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ।
यस सिजनमा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन्।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ १४:४७