ए डिभिजन लिग : एनआरटीले पराजित गर्यो एपीएफलाई

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गरेको छ ।
शुक्रबार च्यासल रंगशालामा भएको खेलमा सञ्जिव बिष्टले ७६औँ मिनेटमा गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।
जितसँगै ११ खेलबाट १३ अंक जोडेको एनआरटी तालिकाको १०औँ स्थानमा उक्लिएको छ भने समान खेलबाट १४ अंक जोडेको एपीएफ तालिकाको आठौँ स्थानमा छ ।
शुक्रबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विभागीय डर्बीमा नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकियो ।
बराबरीसँगै ११ खेलबाट १६ अंक जोडेको आर्मी तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको पुलिस तालिकाको रेलिगेसन क्षेत्रमा छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० २१:४१