News Griha :: न्यूजगृह
नेपालले ओमनलाई दियो ३११ रनको चुनौती 

काठमाडौं—ओडीआईमा नेपाली क्रिकेट टीमले जितका लागि ओमन सामु ३ सय ११ रनको चुनौती पेस गरेको छ ।

एसीसी प्रिमियर कप अन्तरगत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ३ सय १० रन बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको हो ।

नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय इनिङ खेले । उनले ५९ बलमा पहिलो शतक पूरा गरेका थिए ।

यस्तै, सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय इनिङ खेले ।

सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए । करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १२:५७
Weather Update