क्रिकेट
एसीसी प्रिमियर कप : ब्याटिङ गर्दै नेपाल

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।
समूह ए मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ ।
आजको खेलमा नेपालले गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई मैदानमा पठाएको छ ।
नेपालले ५ वैशाख मंगलबार भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानले कतारलाई ४० रनले हराएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०९:१७