एसीसी प्रिमियर कपमा नेपाल ओमनसँग भिड्दै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमनबीच प्रतिस्पर्धा हुने छ भने मुलपानी मैदानमा यूएई र हङकङबीच प्रतिस्पर्धा हुने छ ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ ।
एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आठ खेलमा जित निकालेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०६:३८