News Griha :: न्यूजगृह
वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं— मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ। वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले। शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए। साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए । 

Prabhu Bank

अन्त्यमा कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए। उनले ३ चौका र ३ छक्का हिर्काए। वेस्ट इन्डिजका लागि ओबेड म्याकोयले ३ तथा म्याथ्यु फोर्डेले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए। कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए। त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे। सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे। अविनाश बोहराले १ विकेट लिए।

जितका बावुजद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ। पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो। त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो। 

दोस्रो खेलमा १० रनले हारेको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो। चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुगेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:३०
राजनीति
विशेष
Weather Update