News Griha :: न्यूजगृह
अर्धशतक बनाएर आशिफ आउट 

काठमाडौं— वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी२० शृङ्खलामा आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।

ओपनर आशिफ ३३ बलमा ५१ रन बनाएर आउट भए। उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन्। अहिले क्रिजमा अनिल साह र कुशल मल्ल छन्। यसअघि १३ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भए। 

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो। 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:०५
Weather Update