News Griha :: न्यूजगृह
वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं— अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए। 

बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३–३ विकेट लिए। सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए।

अभिनाश बोहोराले एक विकेट लिए। वेस्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:००
Weather Update