News Griha :: न्यूजगृह
नेपाललाई पाँचौ सफलता

नेपालले वेस्ट इन्डिजको पाँचौ विकेट लिएको छ। नेपालका बलर सोमपाल कामीले वेस्ट इन्डिजको पाँचौ विकेट लिएका हुन्।

उनले म्याथु फोर्डलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन्। उनले वेस्ट इन्डिजको लागि २३ रन जोडे। चौथो विकेटका रुपमा वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भए। २३ बलमा ३३ रन बनाएका रोस्टन अविनास बोहोराका बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ। वेस्ट इन्डिजका ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए। 

अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागर कै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:४८
Weather Update