News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौं— नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ। टीयू मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ।

जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ। वेस्ट इन्डिज ए ले सिरिज ३ १ ले जितिसकेको छ। यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो।

यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ। आजको खेलमा गुलसन झा र ललित राजवंशीको ठाउँमा सागर ढकाल र अनिल साहलाई टिममा समावेश गरिएको छ । 

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:१७
Weather Update