News Griha :: न्यूजगृह
कोलकातासँग २४ रनले हार्‍यो मुम्बई, पाँच पटकको च्याम्पियन लिगबाटै बाहिरिने पक्का

काठमाडौं— पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ। १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा अल आउट भयो।

सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, ईशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए। कोलकाताका मिचेल स्टार्कले ३३ रन खर्चेर ४ विकेट लिए। बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २/२ विकेट लिए ।

Prabhu Bank

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो। वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए। मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन्। फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए। मुम्बईका नुवान थुशरा र जस्प्रित बुमराहले ३/३ विकेट लिए। हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए।

 यो हारसँगै मुम्बई लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ। कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ।

समान १० खेलमा १२/१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन्। मुम्बई ११ खेलमा ३ मा जितका साथ ६ अंकका साथ नवौँ स्थानमा छ।

मुम्बईले अब तीन खेल खेल्न बाँकी छ। बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बई १२ अंकमा मात्रै पुग्न सक्छ। तर, शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनै पनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन। त्यसैले मुम्बई लिगबाट बाहिरिन औपचारिकता मात्रै बाँकी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:२८
Weather Update