News Griha :: न्यूजगृह
चलचित्र कलाकार संघको नेतृत्वका लागि निरौलाको प्यानल घोषणा

काठमाडौं— नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलाको प्यानल घोषणा भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेको जानकारी गराइएको हो । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन् ।

सचिवमा रामेश्वर बुर्लाकोटी,कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् । सहकोषाध्यक्षमा  उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई,

नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् 

कलाकार संघको अध्यक्षमा बुधबार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गरेकी थिइन् । कलाकार संघको नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:२७
Weather Update