News Griha :: न्यूजगृह
जितका लागि नेपालले पायो २१० रनको लक्ष्य

काठमाडौं— मैत्रीपूर्ण टी२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो।

Prabhu Bank

पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि छ। शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि दोस्रो खेलमा १० रन तथा तेस्रो खेल ७६ रनले गुमाउन पुगेको थियो।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:५७
राजनीति
विशेष
Weather Update