News Griha :: न्यूजगृह
प्रतिश जिसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं— नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ। वेस्ट इन्डिजको पहिलो विकेट प्रतिश जिसीले लिएका हुन्।

उनले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान एलिक एथेन्जलाई पाँच रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन्। 

Prabhu Bank

किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। 
पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ।

शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो। तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:५४
राजनीति
विशेष
Weather Update