News Griha :: न्यूजगृह
रजनीकान्तको ‘बायोपिक’ बनाउँदै साजिद

काठमाडौं— दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बायोपिक बन्ने भएको छ। 

बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन्। 

Prabhu Bank

जसका लागि उनले रजनीकान्तसँग सम्झौता गरेर बायोपिकको अधिकार आफूले लिइसकेका छन्।

साजिद निकट स्रोतका अनुसार उनी रजनीकान्तका ठूलो फ्यान हुन्। ‘धेरै कमलाई मात्र थाहा छ कि साजिद रजनीकान्तको अभिनयको ठूलो फ्यान मात्र होइनन्, रजनीकान्तको व्यक्तित्वको पनि फ्यान हुन्। उनको बुझाइमा रजनीकान्तको बस कन्डक्टरदेखि सुपरस्टारसम्मको यात्राको कथा विश्वले हेर्न लायक छ। साजिदले अहिले आफैं स्क्रिप्ट हेरिरहेका छन् र फिल्मका लागि दर्शक कसरी ल्याउने भन्ने तयारी पनि गरिरहेका छन्,’ साजिद निकट स्रोतले भन्यो।   

साजिद फिल्मका लागि केही महिना यता रजनीकान्त र उनको परिवारको अनुमति लिनका प्रयासरत थिए। बायोपिकको काम भने सन २०२५ बाट मात्र सुरु हुनेछ। 

फिल्मको स्क्रिप्ट फाइनल भइसकेपछि कास्टिङको काम सुरु हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:२४
राजनीति
विशेष
Weather Update