News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाको विजयी सुरुआत

काठमाडौं— एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै विजय सुरुआत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै २ खेल खेलेको मलेसियालले २ अङ्क जोडेको छ ।

साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मलेसियाका मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै वीरनदीप सिंहले ५३ बलमा ८ चौकाको मद्दतमा ५१ बनाए । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोडे । साउदी अरेबियाको लागि जइन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योफगल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिए भने अब्दुल वाहिदले ३६ रन बनाए । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाए ।

बलिङर्फ मलेसियाका खिजर हायातले ३ विकेट लिए भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान २ २ विकेट लिए । त्यस्तै वीरनदीप सिंहले १ विकेट झारे ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:१५
Weather Update