News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं— वेस्ट इन्डिज ए ले दोस्रो टी२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो। वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए।

गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे। म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे।

Prabhu Bank

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चार्ल्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए। त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक खेल्न सकेनन्। वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो।

रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १९१ विकेट लिए। पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि छ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। 

   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५१
Weather Update