जितका लागि नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं— पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो।
पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए।
त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले। उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए। किसी कार्टीले २६ बलमा ३८ रन बनाए। उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १४:०८