वेस्ट इन्डिजले गुमायो तेस्रो विकेट

काठमाडौं— नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ।
टस जितेर पहिले बलिङ गरेको नेपालले ७ ओभरभित्र नेपालले वेस्ट इन्डिज ‘ए’ का तेस्रो ब्याटर आउट गरेको हो। नेपालका लागि कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिएका थिए।
त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ऐरीले पहिलो ओभरको अन्तिम बलमा विकेट लिए।
उनले वेस्ट इन्डिजका ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरेका हुन्। उनी शून्य रनमै आउट भएका हुन्।
त्यसपछि ३.३ आन्द्रे फ्लेचर रन आउट भए। फ्लेचर १३ रन बनाएर खेलिरहेका थिए। त्यस्तै अर्का ओपनर एलिक एन्थान्जी ४७ रनमा क्याच आउट भए।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १२:५८