कमलले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं— कमलसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टस जितेर नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला बलिङ रोजेका थिए।
कमलले पहिलो ओभरको अन्तिम बलमा वेस्ट इन्डिज ‘ए’ का ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरेका हुन्।
पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी परेका हुन्।
त्यस्तै, आज विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन्। आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन्। सन्दीप जोरा पनि बेन्चमा छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १२:३५