News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं— नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० सिरिजको पहिलो खेल आज हुँदै छ। टीयू क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिङ गर्ने छ।  

आजको नेपालको प्लेइङ–११ मा अनिल कुमार साह, विवेक यादव, प्रतिश जिसी र कमलसिंह ऐरीलाई समावेश गरिएको छ।

नेपालको प्लेइङ ११— रोहित पौडेल कप्तान, कुशल भुर्तेल, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव र कमलसिंह ऐरी। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:१४
Weather Update