News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कोलकाताविरुद्ध जितसँगै पञ्जाबले रच्यो नयाँ इतिहास   

काठमाडौं— ओपनर जोनी बेयरस्टोको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको छ।

पञ्जाबले टी-२० इतिहासकै सर्वाधिक २६२ रन पूरा गरेको हो। यसअघि टी-२० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेज गरेको थियो । २६१ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। 

Prabhu Bank

आईपीएलमा यसअघि सर्वाधिक रन चेस २०२० मा राजस्थान रोयल्सले पञ्जाबमाथि २२४ रनको पूरा गरेको थियो। यसै वर्ष राजस्थानले कोलकातासँग पनि २२४ रनको लक्ष्य पूरा गरेको थियो।

पञ्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे। ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे। राइली रोसोउ २६ रनमा आउट भए। कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए। त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। कोलकाताका ओपनर फिलिप साल्टले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७५ रन बनाए। सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए।

वेंकटेश ऐर ३९, आन्द्रे रसेल २४, श्रेयस ऐर २८ र  रिंकु सिंह ५ रनमा आउट भए। पञ्जाबका अर्शदीप सिंहले २, साम करन, हर्षल पटेल, राहुल चाहरले १९१ विकेट लिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:५५
Weather Update