News Griha :: न्यूजगृह
टी–२० विश्वकपको ब्रान्ड एम्बासडर बने युवराज सिंह

काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ।

टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ।

उक्त प्रतियोगिताको प्रचारप्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो।

भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। 
 
आईसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउनु नै सम्मानको कुरा भएको बताएका छन्। 

टी २० विश्वकपमा नेपालले पनि खेल्दैछ। नेपाल समूह डी मा रहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:२१
Weather Update