News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘ज्वाइँ साब’को छायांकन वैशाख अन्तिम साता 

काठमाडौं— रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ।

निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो।

Prabhu Bank

राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ। फिल्म काठमाडौं बाहिरका लोकेसनमा खिचिनेछ।

वर्कशपमा मुख्य कलाकार जितु नेपाल, निती शाह, विल्सनविक्रम राई, हिमेश पन्त लगायत छन्। मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्।

सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ। फिल्मको शीर्ष भूमिकामा जितु नेपाल छन् । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:२२
Weather Update