News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले दिए क्रिकेट टिमलाई बधाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।

बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।

खेल सकिएको केहीबेरपछि फेसबुक मार्फत् दाहालले खुसी व्यक्त गर्दै खेलाडीहरूलाई बधाई दिएका हुन् ।

दाहालले फेसबुकमा लेखेका छन्, ‘लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:२५
Weather Update