News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलमा आज कोलकाता र पञ्जाब खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदैछ। कोलकाताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ।

जारी आईपीएलमा कोलकाताले अहिलेसम्म ७ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ। कोलकाताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ । त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हासिल गरेको छ।

Prabhu Bank

कोलकाता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेल्दै छ। कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ। विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्याकमा नपरेका श्रेयसले आईपीएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन्। त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकाताका लागि महत्वपूर्ण हुनसक्छन्।

त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकाताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा कोलकाता सातौँ स्थानमा आएको थियो।

पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन्। उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जाबको कप्तानी गरिरहेका छन्।

त्यस्तै पञ्जाबका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ। आईपीएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। गत सिजनमा पञ्जाब आठौँ भएको थियो।       
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:५०
Weather Update