News Griha :: न्यूजगृह
आईपीएलमा आरसीबीको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा  रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले दोस्रो जित हासिल गरेको छ। आरसीबीले गएराति सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए।

ओपनर अभिषेक शर्मा र प्याट कुमिन्सले समान ३१ रन, नितेशकुमार रेड्डी, भुवनेश्वर कुमारले समान १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामेरुन ग्रिनले समान २, विल ज्याक्स र याश दयालले समान १ विकेट लिएका थिए।

त्यसअघि टस जितेर आरसीबीले ब्याटिङ रोजेको थियो। विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै आरसीबीले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो। विराटले र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए।

Faf-du-Plessis-1714093604.jpg
विराटले ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रन जोडे। डु प्लिसिसले १२ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए। पाटिदारले २० बलमा ५ छक्का र २ चौकासहित ५० रन जोडेका थिए। क्यामरोन ग्रिनले ३७ रन जोडे । दिनेश कार्तिकले ११ र स्वप्निल सिंहले १२ रन बनाए। 

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ। हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ। समान १० अंक जोडेका कोलकाता नाइट राइडर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:००
Weather Update