ए डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई वटा खेल हुने भएका छन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एन्फा मैदान सातदोवाटोमा हुने छ । दुई खेलसँगै ए डिभिजन लिगको दशौँ चरणको खेल सकिने छ ।
एन्फा मैदानमा दिउँसो ३ बजे थ्रीस्टार र हिमालयन शेर्पा आमनेसामने हुने छन् । जारी प्रतियोगितामा थ्रीस्टार तेस्रो स्थानमा रहेको छ । उसले ९ खेलबाट १५ अंक जोडेको छ ।
साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने अर्को खेलमा चर्च ब्वाइज र सातदोवाटो आमनेसामने हुने छन् । सातदोवाटो छैटौँ जितको खोजिमा रहँदा चर्च ब्वाइज चौथो जितको खोजिमा हुने छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ०६:४४