News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित निकालेको छ। २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो। साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए।

डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे। ओपनर ऋद्धिमान शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिए।

Prabhu Bank

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो। ४३ बल खलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन खेले।  ट्रिस्टन स्टुब्सले नटआउट २६ रन बनाए। अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन बनाए। ओपनर पृथ्वी शाले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे।

गुजरातका सन्दीप वारियरले तीन तथा नुर अहमदले १ विकेट लिए।  समान ९ खेलमा ८ अंक जोडेको दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ। ​आईपीएलमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:५०
Weather Update