News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज!

काठमाडौं— बुधबार काठमाडौं आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ। 

Prabhu Bank

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज जस्तो टिम आउँदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ। 

वेस्ट इन्डिज ए टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटक मै फितलो व्यवस्थापन गरेर क्यानले ठुलो लापरवाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ। 

सामान्यतया विदेशी टिम आउँदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ। 

नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौं आएको छ। 

यो सिरिज वैशाख १५ गतेदेखि शुरु हुँदै छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:४८
Weather Update