News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ओस्कार विजेता हलिउड अभिनेत्री एनीको दाबी— ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’ 
तस्बिरः एनी ह्याथवेको इन्स्टाग्रामबाट।

काठमाडौं— हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छन्। 

एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो। यो उनको लागि निकै स्तब्ध पार्ने घटना थियो। त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो। तर, अडिसनका क्रममा यसो गर्नु भन्दा नराम्रो बाहेक अरु कुनै हुनै नसक्ने उनको विश्वास छ।

Prabhu Bank

भी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गरेकी हुन्। एनीले भनेकी छन्,  ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो। मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो।’

ओस्कार विजेता अभिनेत्री एनीले अगाडि थपिन्, ‘निर्देशकको यो माग सुनेर म छक्क परे। मलाई साह्रै नराम्रो लागेको थियो। तर मैले केही गर्न सकिनँ त्यसैले उत्साहित भएको नाटक गरे।’

एनीवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छन्। यो एक रोमान्टिक कमेडी फिल्म हो। जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छन्। यसमा उनी एकल आमाको भूमिकामा छन्।  फिल्ममा एनीथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनीभन्दा धेरै कान्छी छन्। ‘द आइडिया अफ यु’ मे २ बाट प्राइम भिडिओमा स्ट्रिम हुँदैछ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:३८
Weather Update