News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चेन्नईमाथि लखनउको शानदार जित

काठमाडौं—  इन्डियन प्रिमियर लिग (आईपीएलमा) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

Prabhu Bank

चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिङ गर्दै अविजित १२४ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले कप्तान ऋतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ। त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०७:३५
Weather Update