चन्द्रागिरिमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै बिहीबार चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् ।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।
मातातीर्थ औँसीको दिनमा उक्त क्षेत्रमा बुधबार साँझदेखि बत्ती बाल्ने तथा बिहीबार कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० २०:१५