News Griha :: न्यूजगृह
राजस्थानसँग ९ विकेटले हार्‍यो मुम्बई 

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले। 

१ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। राजस्थानका लागि ओपनर यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए।

Mumbai-Indians'-Tilak-Varma-1713832309.jpg
बटलर ३५ रन बनाएर आउट भए। ६० बल खेलेका यशस्वी ९ चौका र ७ छक्कासहित १ सय ४ रन नटआउट रहे। २८ बल खेलेका सन्जु साम्सन ३८ रनमा नटआउट रहे। मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। २० रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले सम्हालेको थियो। ओपनर रोहित शर्मा ६ रन र इशान किसन खाता नखोल्दै आउट भए।

Rajasthan-Royals'-Yuzvendra-Chahal-and-Shimron-Hetmyer-1713832313.jpg
तेस्रो नम्बरमा सूर्यकुमारले ८ बलमा १० रन जोडर आउट हुँदा मुम्बई दबाबमा परेको थियो। त्यसपछि तिलक, मोहम्मद नवि, नेहाल वाडेरले इनिङ्स सम्हालेका थिए। तिलकले ४५ बलमा ५ चौका र ३ छक्का साथ सर्वाधिक ६५ रन जोडे। नेहाल एक रनले अर्धशतक बनाउनबाट चुके। उनले ४९ रन बनाए। नविले २३, हार्दिक पान्ड्याले १० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। ट्रेन्ट बोल्टले २, अभेश खान र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए।

Rajasthan-Royals'-captain-Sanju-Samson-1713832312.jpg
८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अंक छ। समान १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ। सातौँ स्थानको मुम्बईको ६ अंक छ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:००
Weather Update