News Griha :: न्यूजगृह
आईपीएलमा गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो 

काठमाडौं— साई किशोरको घातक बलिङको मद्दतले आईपीएलमा गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। 

गुजरातका लागि राहुल तेवाटियाले नटआउट ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए। 

पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए। अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे।यसअघि साई किशोरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएपछि पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो।

पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए। हरप्रिर ब्रारले २९ तथा कप्तान साम करनले २० रनको योगदान दिए।
गुजरातका लागि मोहित शर्मा र नुरु अहमदले २–२ विकेट लिए।

रासिद खानले पनि एक विकेट हासिल गरे। ८ खेलपछि गुजरातको यो चौथो जित थियो। टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ। पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:०९
Weather Update