News Griha :: न्यूजगृह
आरसीबीमाथि कोलकाताको एक रनको रोमाञ्चक जित

काठमाडौं — कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)माथि रोमाञ्चक जित हासिल गरेको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा केकेआरले आरसीबीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो।

केकेआरले दिएको २२३ रनको लक्ष्य पछाएको आरसीबीले २० ओभरमा अल आउट हुँदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो।

यसअघि पहिला ब्याटिङ गरेको केकेआरले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो।

यो केकेआरको यस सिजनमा पाँचौं जित हो। ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको केकेआर दोस्रो स्थानमा उक्लिएको छ।

त्यसैगरी आरसीबीको भने यो सातौँ हार हो। आरसीबीको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ। यसका साथै आरसीबीको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ।


 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:४९
Weather Update