News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
फिल्म ‘कल्की २८९८ एडी’: अमिताभ बच्चनको लुक्स सार्वजनिक

काठमाडौं— बलिउडमा यस वर्षको सबैभन्दा ठूलो साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’ का निर्माताले आइतबार फिल्मको अमिताभ बच्चनको नयाँ पोस्टर सार्वजनिक गरेका छन्।

निर्माताले सेयर गरेको फिल्मको नयाँ लुकमा अमिताभ पुरानो मन्दिरमा बसेको देख्न सकिन्छ। तिनीहरू आशावादी आँखाले सूर्यको किरणतिर हेरिरहेका छन्।

Prabhu Bank

साउथ सुपरस्टार प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ यस वर्षको मे ९ मा रिलिज हुने तय भएको थियो। अहिले लोकसभा चुनावका कारण निर्माताले यसको रिलिज स्थगित गरेको बताएका छन्।

फिल्मको टिजर गत वर्ष रिलिज भएको थियो। यसले संसारमा कसरी अन्धकारले राज्य गरेको छ भनेर देखाएको छ।

यो वर्षको सबैभन्दा महँगो फिल्म ‘कल्की २८९८ एडी’ भनिएको छ। यो फिल्म निर्माणको लागत लगभग ६०० करोड भारु रहेको बताइएको छ। यसलाई तेलुगु सिनेमाका चर्चित निर्देशक नाग अश्विनले बनाएका हुन्।

यो फिल्म प्रभासका लागि निकै महत्वपूर्ण बताइएको छ। गत वर्ष उनको फिल्म ‘आदिपुरुष’ पनि ६०० करोडको बजेटमा बनेको थियो तर त्यो बक्स अफिसमा फ्लप साबित भएको थियो। त्यसअघि ‘सलार’ ले  ५९० करोडको व्यापार गर्न सफल भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:४१
Weather Update