News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं— एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन्।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो।

Prabhu Bank

यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४: १५ बजेदेखि हुने छ ।

त्यस्तै प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र यूएई आइतबार खेल्ने छन् ।


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १९:५३
Weather Update