News Griha :: न्यूजगृह
फाइनलमा पुग्न नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य 

काठमाडौं— ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालले यूएईसामु जितका लागि १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो। 

Prabhu Bank

खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल गुमाएको थियो। 

नेपालका लागि सन्दिप जोराले अर्धशतकीय पारी खेले। त्यस्तै, गुलशन झाले २०, कप्तान रोहितकुमार पौडेलले पाँच, करण केसीले १७ रन बनाए।  

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:३७
राजनीति
विशेष
Weather Update