News Griha :: न्यूजगृह
यूएईविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमायो

काठमाडौं— नेपालले यूएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ।

Prabhu Bank

आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन्। उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गरेका हुन्।

यस अघि यूएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र सन्दीप जोरा छन्। ताजा अवस्थामा नेपालले ३७ रन जोडेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:२३
राजनीति
विशेष
Weather Update