News Griha :: न्यूजगृह
यूएईविरुद्ध नेपालको खराब सुरुवात 
फाइल तस्बिर।

काठमाडौं—  नेपालले यूएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ। 

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ।

यूएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन्।

त्यस्तै अर्का ओपनर आसिफ सेख व्यक्तिगत ८ रन बनाउँदै आउट भएका छन्। 

याे समाचार तयार पार्दासम्म ३.४ ओभरमा २  विकेटको क्षतिमा ११ रन बनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०७
Weather Update