News Griha :: न्यूजगृह
टस हारेपछि यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं— ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड-१ मा यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्। 

Prabhu Bank

नेपाली टिममा एक परिवर्तन गरिएको छ। प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।

नेपाल समूह ‘ए’ को विजेता र यूएई समूह ‘बी’को उपविजेता हो। समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ।

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:३३
Weather Update