News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ज्योतिष भन्छन्– सन् २०२६ सम्म सलमानको ग्रह खराब छ

काठमाडौं— बलिउड अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर हालै फायरिङ् भएपछि उनका फ्यानहरू सलमानको सुरक्षालाई लिएर चिन्तित छन्। यो घटनापछि मुम्बई प्रहरी सक्रिय भएर घटनासँग सम्बन्धित दुई आक्रमणकारीलाई पक्राउ गरिसकेको छ। ग्याङस्टार लरेन्स विश्नोईका भाइ अनमोलले घटनाको जिम्मेवारी लिइसकेका छन्।

सलमानले आफूलाई सन्तुलित राखे पनि उनी परिवार र वृद्ध आमाबाबु प्रति चिन्तित छन्। उनका पिता सलिम खानले सलमानलाई बस्ने ठाउँ परिवर्तन गर्न सुझाव दिएको समाचार पनि सार्वजनिक भएका छन्। घटनापछि सलमानका फ्यानले उच्च सुरक्षाको माग गरिरहेका छन्। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनापछि सलमानसँग भेट गरेका छन्।

Prabhu Bank

यहीबीचमा बलिउडका सेलिब्रेटी ज्योतिष पण्डित जगन्नाथ गुरुजीले सलमानको ग्रहको स्थितिको अध्ययन गर्दै उनको कमजोरी औँल्याएका छन्। ज्योतिषका अनुसार करिअरका हिसाबले सलमानको ग्रह बलियो छ। तर व्यक्तिगत जीवन भने चिन्ता र नकारात्मक कुराले भरिएको छ। 

गुरुजीले अझै पनि सलमानको लागि खतरा रहने भन्दै व्यक्तिगत सुरक्षा बढाउन सुझाव दिएका छन्। उनले परिवारका सदस्यका लागि पनि सुरक्षा बढाउन भनेका छन्। ज्योतिष गुरुजीले सलमान र उनको परिवारलाई सन् २०२६ सम्म सुरक्षित रहन सल्लाह दिएका छन् । 
उनको जन्मकुण्डलीका धेरै घरहरूमा जोखिम उच्च रहेको ज्योतिषको भनाई छ। ग्रह र ताराहरूको खराब अवस्थाले पनि सलमान र उनको परिवारले थप सावधानी अपनाउनुपर्ने देखिएको ज्योतिषले उल्लेख गरेका छन्। 

सन् २०२७ को मध्यदेखि भने उनको जन्मकुण्डलीको प्रमुख नकारात्मक कुराहरू हराएर सकारात्मक अवस्था आउने दाबी ज्योतिषको छ।

ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनिको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन। मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयावधिमा सलमानले आफूलाई असहज महसुस गर्नेछन्। यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ। ज्योतिष गुरुजीले सलमानलाई केही समयका लागि यात्रा नगर्न सल्लाह दिएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:४९
Weather Update