News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलमा पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं—मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ। १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो।

पञ्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए। सशाङ्क सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए। एक समय ९.२ ओभरा ७७९६ को अवस्थामा पुगेको पञ्जाबलाई सशाङ्क र आशुतोषले जितको आशा देखाएका थिए।

Prabhu Bank

मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए। रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पाण्ड्या १० र टिम डेविड १४ रनमा आउट भए।

पञ्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए। मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौँ स्थानमा छ। पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ।

राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ। कोलकाता, चेन्नई र हैदराबादको समान ६ खेलमा ८–८ अंक भए पनि नेटरनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:२०
Weather Update