News Griha :: न्यूजगृह
आईपीएलमा आज पञ्जाब र मुम्बई खेल्दै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाब किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ। पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ।

जारी आईपीएलमा पञ्जाब किंग्स र मुम्बई इण्डियन्सको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन। दुवैले अहिलेसम्म खेलेका ६-६ खेलमा २-२ खेल जितेका छन् भने ४-४ खेलमा हार बेहोरेका छन्।पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन्। उनको अनुपस्थितिमा साम कुरानले पञ्जाबको कप्तानी गरेका थिए।

त्यस्तै पञ्जाबका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आशुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

आईपीएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। गत सिजनमा पञ्जाब आठौँ भएको थियो। त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन। मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, ईशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ। त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।      

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०८:००
Weather Update