News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं— एसीसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई रनको ७४ लक्ष्य दिएको छ। वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो।

साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे। उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २–२ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीले १–१ विकेट हात पारे।

Prabhu Bank

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।  दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २–२ अंक जोडेका छन्।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४–४ अंक छ। अहिलेको अवस्थामा नेपालले कुवेत वा यूएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आईसीसी टी–२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:०४
Weather Update