News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दोस्रो बलमै करणले लिए साउदीको विकेट

काठमाडौं— नेपालले साउदी अरेबियाविरुद्ध समूह चरणको अन्तिम खेल खेलिरहेको छ। चिसो मैदानका कारण ८ ओभरमा छोट्याइएको खेलमा करण केसीले पहिलो ओभर बलिङ गरेका छन्। 

उनले दोस्रो बलमै विकेट लिएका हुन्। करणको बलमा साउदीका फैजल खान कुशल मल्लको हातबाट क्याचआउट भएका हुन्।  करणले पहिलो ओभरमा १ विकेट लिँदै ७ रनमात्र दिए। 

Prabhu Bank

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ।

त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ। साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:२५
Weather Update