News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलमा आज गुजरात र दिल्ली भिड्दै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज गुजरात टाइटन्स् र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ। अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ।

जारी आईपीएलमा गुजरात टाइटन्स्ले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्ली क्यापिटल्सले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ।

Prabhu Bank

गुजरात टाइटन्स् यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ। गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ। यस टिममा गिलसहित रिद्धिमान साह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रसिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ। गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो।

त्यसैगरी दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा यस सिजनको आईपीएल खेल्दै छ। दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपीएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन्। आईपीएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ। दिल्लीमा कप्तान ऋषभका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ।

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ। दिल्ली क्यापिटल्सको आईपीएलमा २०२० मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो। गत सिजनमा दिल्ली नवौँ स्थानमा रहेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०७:२०
Weather Update